• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

डीआईजीद्वय सिंह र बोहरा एआईजीमा सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौं: नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डीआईजी) एआईजीमा बढुवा सिफारिस भएका छन्।

डीआईजीद्वय दुर्गा सिंह चन्द र भरतबहादुर बोहरालाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदानेन्नति गर्न बढुवा समितिले सिफारिस गरेको हो।

गृहसचिव गोकर्ण दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले यो निर्णय गरेको तथा बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

सिंह हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छिन् भने बोहरा कार्य विभाग निर्देशनालयमा दरबन्दी भएर ट्राफिकमा कार्यरत छन्।

उनीहरूमध्ये बोहराको पुर्ख्यौली घर सुदूरपश्चिमको अछाम हो भने दुर्गाको घर बैतडी भएर हाल कञ्चनपुर बसोबास छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖