• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

कांग्रेस-एमाले गठबन्धन सरकारको प्रतिवद्धतामाथि प्रश्न उठ्न थालिसक्योः गुरु घिमिरे


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ मंसिर । नोपली कांग्रेसका नेता गुरु घिमिरेले वर्तमान सरकारको सात बुँदे प्रतिवद्धतामाथि प्रश्न उठ्न थालेको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले गठबन्धन सरकार निर्माण हुँदै गर्दा भएको सात बुँदे प्रतिवद्धता लागू नभएको र जनताले प्रश्न उठाउन थालिसकेको बताएका हुन् ।

नेता घिमिरेले सरकार गठन हुँदाको बेलाका प्रतिवद्धता संविधान संशोधन, तीब्र भौतिक विकास, सुशासन, भ्रष्टाचारको न्यूनीकरणलगायतका विषय अगाडि बढ्नै नसकेको बताए ।‘सात बुँदे सहमतिमा खासगरी राजनीतिक स्थितरता, सुशासन, संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र तीब्र भौतिक विकास यी मुख्य बुँदाहरु हुन् । यी बुँदाहरुमध्ये प्राथामिकता दिएर सरकार चलाउँछ होला, मुलुकमा रोकिएका सबै कामहरु, मुलुकका विकासका सम्भावनाहरु अगाडि बढाउँछ होला भन्ने एक प्रकारको जनअपेक्षा थियो । त्यो थोरबहुत अझै पनि बाँकी नै छ,’ उनले भने, ‘तर, सरकार बनेको पाँच महिना भइसकेको छ । यो बीचमा सात बुँदे सहमति भएको थियो, त्यसलाई उच्च प्राथामिकताका साथ अगाडि बढाएको देखिँदैन ।’

जनताले प्रश्न उठाएपनि कांग्रेस–एमालेबीच समझदारी कायम रहेसम्म यो सरकार अंकगणितीय हिसाबले नढल्ने उनले बताए । ‘संसद्का पहिलो ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमाले मिरेर सरकार बनेको छ । यो भन्दा बलियो सरकार अर्को देखिँदैन,’– उनले भने, ‘सरकार ढल्लाकी भन्ने संशय उत्पन्न हुन थालेको छ । तर, मलाई लाग्छ–दुई वटा पार्टी एक ठाउँमा रहुन्जेल सरकार ढल्ने सम्भावना देखिँदैन ।’

साथै, गत २०७९ को संसदीय निर्वाचनपछिको संसद्मा एमालेको नेतृत्वमा सरकार बन्छ भन्ने कसैले पनि परिकल्पना नगरेको अवस्थामा अहिले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको उनले बताए । उनले देशमा प्रजातान्त्रिक साशन प्रणालीको सट्टा गणतान्त्रिक शासन प्रणाली आएपनि विकासको प्रक्रिया र सत्ताको चरित्रमा बदलाब नरहेको बताए । जुनसुकै दल आएर सरकार चलाएपनि विकासको प्रक्रिया र सत्ताको चरित्रमा बदलाब नआएपछि जनगुनासो र जनआक्रोश बढिरहेको उनको निश्कर्ष छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖