• Tuesday 6th of October 2026

खोलेको केही घन्टामा ह्याक भयो कपिल शर्मा शो की अर्चना पुरनको यु–ट्युब च्यानल


  • धनकुटा खबर
  • .

मुम्बइ, ३० मंसीर । बलिउडका सुपरहिट फिल्महरूमा आफ्नो अभिनय कौशल देखाउने अर्चना पूरन सिंहलाई आज कुनै पहिचानको आवश्यकता छैन । विगत केही वर्षदेखि अभिनेत्री फिल्मसँगै कपिल शर्माको शोमा जजको भूमिकामा देखिँदै आएकी छन् । उनको ठुलो हाँसोको सबैजना फिदा छन् ।

यसैबीच अभिनेत्रीसँग एउटा यस्तो घटना घट्यो, जुन निकै अचम्मको छ । वास्तवमा, अर्चना भर्खरै युट्युब भ्लगिङको दुनियाँमा प्रवेश गरेकी थिइन तर केही घण्टामै उनको च्यानल ह्याक भयो । 

 

अर्चना पूरन सिंहले आफैंले एक भिडियो शेयर गरेर आफ्ना फ्यानहरुलाई यो जानकारी दिएकी छिन् । अर्चनाले यो भिडियो आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् । जसमा उनी राति २ बजे आफ्नो एकाउन्ट ह्याक वा डिलिट भएको भन्दै देखाइरहेकी छिन् । यो कसरी भयो उनीले बुझेकी छैनन् तर, अर्चनाको टोलीले आफ्नो च्यानललाई फिर्ता ल्याउन सक्दो प्रयास गरिरहेको भने उल्लेख गरिएको छ ।

 

भिडियोमा अर्चना पूरन सिंह भन्छिन्, ‘मेरो युट्युब च्यानल केही घण्टामै भाइरल भयो तर राति करिब २ बजे यो पनि ह्याक भयो। तपाईंले मलाई र मेरो परिवारलाई दिनुभएको मायाको लागि धन्यवाद। कृपया यसलाई यसरी नै राखी राख्नुहोस्।’

 

‘अब मेरो च्यानल फिर्ता ल्याउन मेरो टोली र युटयुब टोली मिलेर काम गरिरहेका छन्। मलाई आशा छ कि मेरो च्यानल एक वा दुई दिनमा फिर्ता हुनेछ। तपाइँ सबैलाई अपडेट गरि रहनेछन्।’

 

अहिले अर्चनाका फ्यानहरुले उनको भिडियोमा कमेन्ट गरेर अभिनेत्रीलाई सान्त्वना दिइरहेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘म्याम, तपाईं धेरै राम्रो हुनुहुन्छ, तपाईंले पक्कै माया पाउनु हुनेछ।’

 

अर्का फ्रयानले लेखेका छन, ‘तपाईं धेरै प्यारी हुनुहुन्छ महोदया, चिन्ता नगर्नुहोस्, भगवानले तपाईंलाई आशीर्वाद दिने छन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖