• Tuesday 6th of October 2026

यसकारण भयो नेपाल र भारत बीचको खेल रद्द


  • धनकुटा खबर
  • .

मलेसियामा जारी एसीसी महिला यू–१९ एसिया कपमा नेपाल र भारतको खेल वर्षातका कारण रद्द भएको छ।

खेल बीचैमा रोकिएसँगै नेपाल र भारतले १-१ अंक बाँडेका छन्। अब ग्रुप एमा नेपाल र भारतको ३-३ अंक हुँदा दुवै खेल हारेको पाकिस्तान अंकविहीन छ।

पहिलो इनिङ सकिएर दोस्रो इनिङ सुरु भएलगत्तै अवरुद्ध भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९५ रनको लक्ष्य पेस गरेको थियो।

९५ रनको लक्ष्य पछ्याएको भारतले ३.१ ओभरमा विना विकेट क्षतिमा २८ रन बनाएपछि खेल परिणामविहीन अवस्थामा रोकिएको हो।

पाकिस्तान, भारत र नेपाल रहेको समूहमा नेपाल यसअघि नै सुपर ४ मा पुगिसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖