• Tuesday 6th of October 2026

चितवनविरुद्ध अर्धशतक हिर्काएका कोलसावाला पहिलो १ रनमै आउट, कर्णालीलाई पहिलो झड्का


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा उत्रिएको कर्णाली याक्सलाई पहिलो झड्का लागेको छ ।

कर्णालीका ओपनर जयकिशन कोलसावालाले आउट भएका छन् । ललित राजवंशीको बलमा उनी ४ बलको सामना गर्दै १ रनमा आउट भए ।

यसअघि बुधबार चितवन राइनोजविरुद्धको खेलमा उनले ५३ रनको अर्धशतकीय पारी खेलेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖