• Monday 5th of October 2026

अब ह्वाट्सएपले नै डकुमेन्ट स्क्यान गरिदिने


  • धनकुटा खबर
  • .

काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएप प्रयोग गरी अब सजिलै डकुमेन्ट स्क्यान गर्न सकिने भएको छ ।

ह्वाट्सएपको नयाँ भर्सन २४.२५.८० मा डकुमेन्ट स्क्यान गर्ने फिचर आएको हो ।

कम्पनीले पहिलो चरणमा यो फिचर आईओएस प्रयोगकर्तालाई उपलब्ध गराएको छ । यसले गर्दा अब प्रयोगकर्ताले छुट्टै एप इन्स्टल गरेर त्यसबाट डकुमेन्ट स्क्यान गरी ह्वाट्सएपमार्फत पठाइरहनु पर्दैन ।

ह्वाट्सएपकै क्यामेरा अप्सन प्रयोग गरी डकुमेन्ट स्क्यान गर्न सकिन्छ भने त्यसलाई चाहेको अकाउन्टमा पठाउन सकिन्छ ।

ह्वाट्सएपबारे जानकारी दिने प्लेटफर्म डब्लूए बेटा इन्फोका अनुसार यो फिचर कम्पनीले उपलब्ध गराउन थालिसकेको छ । एन्ड्रोइड प्रयोगकर्ताले पनि चाँडै नै यो सुविधा उपलब्ध हुने अनुमान गरिएको छ ।-टेकपाना

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖