• Monday 5th of October 2026

पाँच पटकको विजेता चेल्सी रेलिगेसन जोनको टोलीसँग पराजित


  • धनकुटा खबर
  • .

एजेन्सी । पाँच पटकको इङ्लिस प्रिमियर लिग फूटबलकाे विजेता चेल्सी चेल्सी रेलिगेसन जोनमा रहेको इपस्विच टाउनसँग पराजित भएको छ ।

प्रिमियर लिगअन्तर्गत सोमबार राति पोर्टम्यान रोडमा भएको खेलमा लन्डनको टोली चेल्सी घरेलु टोली इपस्विचसँग २–० गोल अन्तरले पराजित भएको हो ।

इपस्विचका लागि लिआम डेलाप र ओमारी हटचिन्सनले गोल गरेका हुन् । यता चेल्सीका जाओ फेलिक्सले गोल गरेपनि भीएआरले मान्यता दिएन ।

खेलको १२औँ मिनेटमा लिआमले पेनाल्टीमा गोल गर्दै इपस्विचलाई अग्रता दिलाएका थिए । त्यसपछि फेलिक्सले २४औँ मिनेटमा बराबरी गोल गरेपनि त्यसले मान्यता नपाएको हो । खेलको ५३औँ मिनेटमा ओमारीले गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

यो हारसँगै चेल्सीले शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी कम गर्ने अवसर गुमाएको छ । साथै दोस्रो स्थानमा जानबाट बञ्चित हुँदै चौथो स्थानमा झरेको छ । चेल्सीले १९ खेलबाट ३५ अंक बनाएको छ ।

उसलाई आर्सनल र नटिघंम फोरेस्टले उछिनेका छन् । शीर्ष स्थानको लिभरपुलले १८ खेलबाट ४५ अंक जोडेको छ ।

जितका बीच रेलिगेसन क्षेत्रमा रहेको इपस्विचको १५ अंक छ । उ लिगको १८औँ स्थानमा छ ।

सोमबार राति नै भएको खेलमा एस्टन भिल्ला र ब्राइनटले २–२ को बराबरी खेलेका छन् । यस्तै म्यानचेस्टर युनाइटेड न्युक्यासल युनाइटेडसँग २–० ले पराजित भएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖