• Monday 5th of October 2026

आजदेखि यी फोनमा ह्वाट्सएप नचल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । १ जनवरी २०२५ अर्थात् आजदेखि २० भन्दा धेरै पुराना एन्ड्रोइड स्मार्टफोनमा ह्वाट्सएप नचल्ने भएको छ । एन्ड्रोइड ४.४ किटक्याट वा सोभन्दा पुराना अपरेटिङ सिस्टम भएका फोनमा अब ह्वाट्सएप प्रयोग गर्न पाइने छैन ।

ह्वाट्सएपको मातृ कम्पनी मेटाले आफ्नो एपको सुरक्षा र सुविधालाई मध्यनजर गर्दै यो निर्णय लिएको हो ।

यसअन्तर्गत ​सामसङ, मोटोरोला, एचटीसी, एलजी र सोनी जस्ता ब्रान्डका २० बढी मोडेलमा ह्वाट्सएप चल्ने छैन । यदि तपाईंको फोन यो सूचीमा पर्छ भने च्याट ब्याकअपमा राखी नयाँ स्मार्टफोन प्रयोग गर्न कम्पनीले सुझाएको छ ।

ह्वाट्सएप नचल्ने फोनको सूची

आजदेखि थुप्रै स्मार्टफोन मोडेलले ह्वाट्सएपको एक्सेस गुमाउने छन्, जुन यसप्रकार छन्:

सामसङ ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एस ३, ग्यालेक्सी एस ४ मिनी

मोटोरोला डिभाइस जस्तै मोटो जी, रेजर एचडी, मोटो ई २०१४

एचटीसी मोडेल जस्तैः वन एक्स, वन एक्स प्लस, डिजायर ५०० र डिजायर ६०१

एलजीको अप्टिमस जी, नेक्सस ४, जी २ मिनी र एल ९०

सोनीको एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖