• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद


  • धनकुटा खबर
  • .

वासिङ्टन डीसी । अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई)ले इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद गरेको छ ।

भर्जिनियामा छापा मार्ने क्रममा १५० वटा बम बरामद गरेको एफबीआईले जनाएको छ ।

यो अमेरिकाको इतिहासमा बरामद भएका अहिलेसम्मकै सबैभन्दा धेरै विस्फोटक पदार्थ हुन् । आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई डिसेम्बर १७ मा पक्राउ गरिएको थियो । उनले हतियार र गोलाबारुद सङ्कलन गरिरहेको जानकारी एफबीआईले प्राप्त गरेको थियो ।

अभियुक्तको घरको सुत्ने कोठामा भेटिएको असुरक्षित झोलामा ‘नो लाइभ म्याटर’ लेखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । ‘नो लाइभ्स म्याटर’ अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधीको सन्दर्भमा प्रयोग गरिन्छ । ब्राडका वकिलले भने उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖