• Monday 5th of October 2026

आज राति अत्यधिक उल्का वर्षा, खुला र सफा आकाशमा हेर्न सकिने


  • धनकुटा खबर
  • .

काठमाडौं । आज राति अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो उल्का वर्षा हुने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार बुटिज (भूतप) नामक तारामण्डल उक्त उल्का वर्षाको स्रोत मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको छ ।

उक्त उल्का वर्षा पुस १३ गतेदेखि नै रहे पनि आज राति अन्य दिनभन्दा धेरै वर्षा हुने नासोले जनाएको छ । नासोका अनुसार उल्का वर्षा २८ गतेसम्म सक्रिय रहनेछ। ‘आज राति उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ’, नासोले प्रेस विज्ञप्तिमार्फत् भनेको छ, ‘उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक पर्दैन ।’

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार आज राति हुने अत्यधिक उल्का वर्षा प्रतिघण्टा ५० देखि १२० वटा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन्।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । त्यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपालीले ‘तारा खसेको/झरेको’ रुपमा अर्थ्याउँदै आएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖