• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पविरुद्ध ‘हस मनी’ मुद्दामा सजाय सुनाइने, जेल सजायबारे न्यायाधीशले के सङ्केत गरे ?


  • धनकुटा खबर
  • .

वासिङ्टन डिसी । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिनुभन्दा दुई साताअघि ‘हस मनी’ मुद्दामा सजाय सुनाइने भएको छ । न्यूयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउने छन् ।

न्युयोर्कका न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेशन, जरिवाना वा सशर्त रिहाइ दिने सङ्केत गरेका छन्। नवनिर्वाचित राष्ट्रपतिले सजायको समयमा व्यक्तिगत रूपमा वा भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित हुन सक्नेछन्।

ट्रम्पले आफू विरुद्धको मुद्दा खारेज गर्न आफ्नो चुनावी जीत प्रयोग गर्ने प्रयास गरे। उनको टोलीले सजाय सुनाउने न्यायाधीशको निर्णयको आलोचना गरेको छ र ‘अराजक’ मुद्दालाई तुरुन्त ‘खारेज’ गरिनुपर्ने भनेको छ।

गत वर्षको मेमा, ट्रम्पमाथि वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई चुप बस्नका लागि १.३ मिलियन डलर तिरेको अभियोग लगाइएको थियो। यो रकम ट्रम्पले पूर्व वकिल माइकल कोहेनलाई दिएका थिए, जसले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मौन बस्नका लागि यो रकम वयस्क फिल्म स्टारलाई दिएका थिए।

ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्दैछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖