• Tuesday 6th of October 2026

आमा श्रीदेवीको प्रेममा पागल थिए रामगोपाल वर्मा, छोरी जाह्नवीको बारेमा के भने ?


  • धनकुटा खबर
  • .

मुम्बई । फिल्म रंगीलाका लागि चर्चित निर्देशक रामगोपाल वर्मा आफ्नो बयानका कारण पनि चर्चामा रहन्छन् । रामगोपाल केही बोल्न हिचकिचाउँदैनन् । चाहे कसैप्रति प्रेम व्यक्त गर्न होस् वा कसैप्रति घृणा, उनी सबै कुरा खुलेर बोल्छन्।

यो पनि कसैबाट लुकेको छैन कि रामगोपाल वर्मा श्रीदेवीलाई गहिरो माया गर्थे। उनी चलचित्र उद्योगकी दिवङ्गत अभिनेत्री श्रीदेवीसँग यति गहिरो प्रेममा थिए कि उनको एक झलक पाउन उनी अभिनेत्रीको घरबाहिर घण्टौँ कुर्थे ।

तर के जाह्नवी कपुरमा पनि त्यो प्रतिभा छ र के उनी उनीसँग काम गर्न चाहन्छन्? यसबारे रामगोपाल वर्माले एकदमै कडा जवाफ दिएका छन् ।

सत्याका निर्देशकले आफ्नो च्यानलमा आफूले अहिलेसम्म जाह्नवीमा श्रीदेवीको झलक नदेखेको बताएका छन् । दिवङ्गत अभिनेत्रीसँग ‘क्षण क्षणम’ र ‘गोविन्दा गोविन्दा’मा काम गरेका निर्देशकले श्रीदेवीको प्रतिभाका कारण आफू उनको फ्यान भएको बताए ।

वर्माले भने, ‘पधारेला वायासु होस् वा वसन्त कोकिला, उनले यति दमदार प्रस्तुति दिए। वास्तवमा उनको अभिनय देखेर म फिल्ममेकर हुँ भन्ने बिर्सिएँ र उनलाई दर्शकको रूपमा हेर्न थालेँ। यो उनको दायरा थियो।”

जाह्नवीसँग काम गर्ने बारेमा रामगोपाल वर्माले आफूलाई छोरी नभई आमा मन पर्ने बताए । वर्माले आफ्नो करियरमा आफूले धेरै अभिनेत्रीहरूसँग सम्बन्ध नराखेको र जाह्नवी कपूरसँग काम गर्ने मन नरहेको बताए ।

यसअघि जाह्नवीका देवरा को-स्टार जुनियर एनटीआरले एउटा दृश्यको सुटिङका क्रममा जाह्नवीमा श्रीदेवीको झलक देखेको बताएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖