• Tuesday 6th of October 2026

स्त्रीः२ बाट हौसिएका निर्मताले गरे एकैपटक ८ फिल्म बनाउने घोषणा


  • धनकुटा खबर
  • .

 मुम्बई, २० पुस ।  निर्माता दिनेश विजनको म्याक डक फिल्मसले एकै पटक धेरै फिल्म बनाउने घोषणा गरेको छ ।

 

स्त्रीः२ लगायत फिल्मले ब्लकबस्टर सफलता पाएपछि हौसिएको सो फिल्म कम्पनिले हरर कमेडी दुनियाँमा थप चलचित्र बनाउने घोषणा गरेको हो । यसअघि सो कम्पनिले स्त्रीः२ लगायत ४ चलचित्रहरू रिलिज गरिसकेको छ।

 

यसअघिका ४ फिल्मले बक्स अफिसमा पाएको प्रतिक्रियाले म्याडक फिल्म्सको सपना ठूलो बनाएको जनाइएको छ । त्यसैले सो फिल्म स्टुडियोले हरर कमेडी ब्रह्माण्डमा एकअर्कासँग जोडिएका थप ८ वटा फिल्म बनाउने एकैपटक घोषणा गरेको छ । द ब्रह्माण्डः २०२८ मा एभेन्जर्स चलचित्रहरूको लाइनमा अन्तिम दुई चलचित्रहरूका साथ समाप्त हुनेछन्।

 

घोषणा गरिएका ८ नयाँ चलचित्रहरू मध्ये स्टुडियोले  यस वर्षको दीपावलीमा आयुष्मान खुराना र रश्मिका मन्डन्नाको फिल्म ‘थमा’ रिलिज हुने पहिलो फिल्म हो । त्यसैगरी, सन २०२६ मा भेडियाः२ र सन २०२७ मा स्त्रीः३ ल्याउने घोषणा गरेको छ र मुन्ज्या सिक्वेल पनि २०२७ मा रिलिजको लागि तय गरिएको छ।

 

म्याडक फिल्म्सद्वारा आउने ८ नयाँ फिल्म

थामः दिपावली २०२५
शक्ति शालिनीः ३१ डिसेम्बर २०२५
भेडिया २ः १४ अगस्त १४,२०२६
चामुण्डाः डिसेम्बर २, २०२७

स्त्री ३ः १३ अगस्त २०२७
महामुन्ज्याः २४ डिसेम्बर २०२७
पहला महायुद्दः  ११ अगस्त २०२८
दुसरा महायुद्दः १८ अक्टोबर २०२८
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖