• Tuesday 6th of October 2026

उर्वशी रौतेलाको डान्स स्टेपलाई ‘अश्लील’ भन्दै किन रिसाए दर्शक ?


  • धनकुटा खबर
  • .

मुम्बई । नन्दमुरी बालकृष्ण (एनबीके) र उर्वशी रौतेला अभिनीत फिल्म डाकू महाराजका निर्माताले बिहीबार फिल्मको प्रमोसन अन्तर्गत दबिडी दबिडी भन्ने नयाँ गीत सार्वजनिक गरेका छन् । यद्यपि, गीतले रिलिज भएको केही समयपछि नै अनलाइन ट्रोलिङको सामना गर्‍यो , नेटिजन्सहरूले यसलाई ‘लज्जास्पद’ भनेका छन्।

एनबीके र उर्वशी अभिनीत उच्च ऊर्जा भएको गीत थमन र वाग्देवीले गाएका छन्। पार्टी गीत भए पनि यो गीतलाई अश्लील भन्दै यसको कोरियोग्राफीलाई नराम्रोसँग ट्रोल गरिएको छ ।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरूलाई दुईबिचको उमेरको अन्तरलाई लिएर ट्रोल पनि गरेका छन् । ६४ वर्षीय अभिनेता-राजनीतिज्ञ एनबीके ३० वर्षीया उर्वशीको अपोजिटमा देखिएकी छन् र कास्टिङ छनोटलाई लिएर बहस सुरु भएको छ ।

‘अश्लील’ डान्स स्टेप्सको प्रतिक्रिया दिँदै एक प्रयोगकर्ताले ट्विटरमा लेखे: ‘यस्तो कोरियोग्राफीलाई कसले अनुमोदन दिन्छ? कलाकारहरू किन यस्तो स्टेप गर्न राजी हुन्छन्? धेरै लाजमर्दो।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यी फिल्मले गीतमा अश्लीलताका कारण बढी पैसा कमाउँछन् ।’

‘दबिडी दबिडी’ को कोरियोग्राफी शेखर मास्टरले गरेका हुन् । यो ट्रोलिङबारे निर्माताले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

फिल्ममा बबी देओल, प्रज्ञा जैसवाल, श्रद्धा श्रीनाथ र चाँदनी चौधरीको पनि अभिनय रहेको छ । बबी कोल्लीद्वारा लिखित र निर्देशित र नागा वाम्सी एस र साई सौजन्याद्वारा निर्मित, फिल्म सीतारा इन्टरटेन्मेन्ट र फर्च्युन फोर सिनेमाज अन्तर्गत जनवरी १२ मा ठुलो पर्दामा रिलिज हुने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖