• Tuesday 6th of October 2026

सम्बन्धविच्छेदको चर्चाबीच सँगै देखिए अभिषेक-ऐश्वर्या


  • धनकुटा खबर
  • .

गत वर्ष बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चनको सम्बन्धमा खटपट सुरु भएको खबर चर्चामा आएको थियो।

यद्यपि, दम्पतीले यी अफवाहहरूमा कहिल्यै प्रतिक्रिया दिएनन्। सन् २०२४ को अन्त्यमा छोरी आराध्याको स्कुल समारोहपछि यो जोडीलाई विवाह समारोहको आनन्द लिइरहेको पनि देखियो। दुबैलाई सँगै देखेर फ्यानहरु निकै खुसी भएका छन्।

छोरीसँग नयाँ वर्ष मनाएर अहिले यो जोडी मुम्बई फर्किएका छन्। शनिबार बिहान, अभिषेक बच्चन र ऐश्वर्या राय छोरी आराध्यासँग मुम्बई विमानस्थलबाट निस्किएका छन्।

अभिषेक आफ्नी श्रीमती र छोरीसँग नयाँ वर्ष मनाएर मुम्बई फर्किएका छन्। विमानस्थलबाट बाहिर निस्कँदा अभिषेक आराध्या र ऐश्वर्यासँग निकै खुसी देखिएका थिए। यस क्रममा अभिषेकले पत्नी ऐश्वर्या र छोरी आराध्यालाई कारमा लिएर गएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖