• Tuesday 6th of October 2026

चर्चित गायिका बविना भट्टराईको नयाँ गीत ‘भेट्नु र छुटिनु’ सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडौं, २० पुस । नेपाली सुगम संगीतको क्षेत्रमा चर्चा कमाइरहेकी गायिका बविना भट्टराईको नयाँ गीत ‘भेट्नु र छुटिनु’ सार्वजनिक भएको छ। 

गीतकार सरला श्रेष्ठको शब्द र निर्मल दियालीको संगीतमा तयार भएको यो गीत सामाजिक सञ्जालमा एकैसाथ सार्वजनिक गरिएको हो।

 

‘मेची देखि महाकाली सम्म’ कार्यक्रमको प्रस्तुति र इमेज एफएम ९७.९ को सहयोगमा सार्वजनिक भएको यो गीतको एरेन्ज बुद्ध स्याङ्वाले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ प्रकाश मिश्रको रहेको छ। गीतको रेकर्डिङ अकष्टिक नेपाल स्टुडियो, नक्सालमा राजा बाबु थारु र दिल समर्पणले गरेका छन्।

 

गीतको भिडियोमा गायिका बविना भट्टराईलाई गीतको भावमा डुबेको देख्न सकिन्छ। भिडियोलाई निर्देशन गरेका छन् ए.जे अजुले भने सम्पादन र कलर अनिल विष्ट प्युठानीले गरेका छन्। गीतको भिडियोमा रिया श्रेष्ठको नृत्यले विशेष आकर्षण थपेको छ, जसले भिडियोलाई अझ जीवंत बनाएको छ।

 

गीतको भाव सन्देश दिंदै, जीवनका विविध मोडको अनुभव प्रस्तुत गरेको छ, जहाँ भेट्नु र छुट्नु नै जीवनको हिस्सा हो। गीतलाई धेरै व्यक्तिहरूको जीवनसँग मेल खाने गरी तयार गरिएको छ।

 

यो गीतका माध्यमबाट बविना भट्टराई नेपाली गीति क्षेत्रको एक उज्जवल भविष्यका प्रतीकको रूपमा प्रस्तुत भएकी छन्, जसले संगीत र भावनासँगको अनौठो सन्तुलन देखाएकी छन्।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖