• Tuesday 6th of October 2026

‘ढोग दिया’ शब्दको दुरुपयोग भएको भन्दै आपत्ति


  • धनकुटा खबर
  • .

काठमाडौँ । देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ‘ढोग दिया’ शब्दको दुरुपयोग भएको भन्दै आपत्ति जनाएको छ । प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले शुक्रबार जारी गरेको विज्ञप्तिमा सुदूरपश्चिमको मौलिकता, संस्कार र भाषा संस्कृतिलाई होच्याउने गीत–संगीतप्रति खेद प्रकट गरिएको छ ।

कुनै भूगोल विशेष, क्षेत्र र सम्प्रदाय वा जातजाति तथा समुदायसँग जोडिएको मौलिक, कला संस्कृति, परम्पराका साथै पूजनीय संस्कारलाई होच्याउने खालका गीत संगीतप्रति संगीतप्रति विज्ञप्तिमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो परम्परा मौलिकता सभ्यता र संस्कारसँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गर्ने गरी दुरुपयोग तथा दिन प्रतिदिन काली कर्णालीको संस्कारको बेइज्जत हुनेगरि विभिन्न सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरिँदै आएका अपाच्य गीत, संगीत वा सामाजिक सञ्जालमा रहेका विषयवस्तुप्रति गम्भीर आपत्ति जनाउँदछौं ।’

केही दिनअघि मात्रै ‘नमस्ते ढोगदिया’ एक गीत सार्वजनिक भएसँगै प्रतिष्ठानले विज्ञप्ति नै निकालेको हो । दुई दिनको अवधिमा उक्त गीत झन्डै ५ लाखले हेरिसकेका छन् । -रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖