• Monday 5th of October 2026

हृदयघातका कारण आठ वर्षीया दुई स्कुले बालिकाको मृत्यु भएपछि स्वास्थ्य वैज्ञानिक नै झस्किए


  • धनकुटा खबर
  • .

काठमाडौं । भारत, गुजरात राज्यस्थित अहमदाबादको एक निजी विद्यालयमा आठ वर्षीया बालिका गार्गी राणपराको हृदयघातका कारण मृत्यु भएको छ। उनी बिहान करिब ८ बजे विद्यालय पुगेकी थिइन्।

सिँढी चढ्दा उनलाई छाती दुखेको महसुस भयो। त्यसपछि उनी लबीको बेन्चमा बसिन् र केही सेकेन्डमै भुइँमा लडेकी थिइन्। विद्यालयका कर्मचारीले बालिकालाई अस्पताल पुर्याए, तर चिकित्सकले उनलाई मृत घोषणा गरे।

यसअघि पनि भारतकै कर्नाटकको सेन्ट फ्रान्सिस स्कुलकी आठ वर्षीया बालिका तेजस्विनी शिक्षकलाई उत्तर पुस्तिका देखाउन उठ्दा बेहोस भएर ज्यान गुमाएकी थिइन्।

उनी पर्खालको सहारा लिएर भुइँमा लडेकी थिइन्। विद्यालयका कर्मचारीले तत्कालै उनलाई अस्पताल भर्ना गरेका थिए, तर चिकित्सकले उनलाई मृत घोषणा गरे। उनको मृत्युको कारण पनि कार्डियक अरेस्ट नै भएको दैनिक भास्करले लेखेको छ।

सामान्यतयाः हृदयघातको खतरा विशेष गरी वृद्ध उमेर समूह ९६५ वर्षभन्दा माथि० र मध्यम उमेर समूह ९४५ देखि ६५ वर्ष० मा बढी हुन्छ। तर पछिल्लो समय युवावस्थामा पनि हृदयघात हुने गरेको छ। यी दुई मृत्युको घटनाले पनि देखाउँछ कि कम उमेरका बालबालिकाहरूमा पनि यस्तो समस्या आउन सक्छ, जुन निकै दुर्लभ हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖