• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकामा महिला र पुरूष मात्रै छन्, तेस्रो लिङ्गी छैन्ः ट्रम्प


  • धनकुटा खबर
  • .

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसदको ४७ औं राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरे। ट्रम्पले सत्ता सम्हाल्ने बित्तिकै घरेलुदेखि विदेशसम्म अमेरिकी नीतिमा ठूलो परिवर्तन ल्याउने कुरा गरेका थिए ।

 

सपथपछिको ३० मिनेटको भाषणमा डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट नीतिअन्तर्गत जाने बताए । यसै क्रममा उनले अमेरिकामा महिला र पुरुष लिङ्ग मात्रै पहिचान हुने घोषणा गरेका छन् ।

 

ट्रम्पले भने, ‘आजदेखि अमेरिकी सरकारका लागि दुई लिंग मात्र हुनेछ, पुरुष र महिला। म सबै सरकारी सेन्सरशिप तुरुन्तै अन्त्य गर्न र अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता पुनर्स्थापित गर्न कार्यकारी आदेशमा पनि हस्ताक्षर गर्नेछु।’

 

किन भने चुनाव प्रचारका क्रममा ट्रम्पले ट्रान्सजेन्डर समुदायविरुद्ध  उनले बयान दिएका थिए । ट्रम्पका रक्षामन्त्री पिट हेगसेथले सेनामा महिला र ट्रान्सजेन्डरलाई समावेश गर्दा अमेरिकाको सुरक्षा प्रणाली कमजोर भएको बताउँदै आएका छन ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖