• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अन्ततः मेक्सिको खाडीको नाम परिवर्तन गर्दै ट्रम्पले बनाइ छाडे ‘गल्फ अफ अमेरिका’


  • धनकुटा खबर
  • .

वासिंगटन डिसी, १३ माघ । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रुपमा सपथ लिएको समयमा नै धेरै घोषणा गरेका थिए ।

 

दोस्रो पटक ह्वाइट हाउस पुगे ट्रम्पले चुनावी अभियानमा गरेका आफ्ना वाचाहरूलाई निरन्तर कार्यान्वयन गरिरहेका छन ।

राष्ट्रपति बनेलगत्तै ट्रम्पले पहिलो पटक गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने कानुन बनाए, मेक्सिकोको सिमानामा अवैध घुसपैठ रोक्न सेना खटाए, क्यानडामा २५ प्रतिशत ट्यारिफ लगाए र अब आफ्नो घोषणा बमोजिम नाम पनि परिवर्तन गर्न थालेका छन । हालै उनले ‘मेक्सिकोको खाडी’ नाम परिवर्तन गरेर ‘अमेरिकन खाडी’ बनाउने पुर्ववत घोषणामा लालमोहर लगाएका छन । 

 

‘हो ‘मेक्सिकोको खाडी’ अब देखी  ‘गल्फ अफ अमेरिका’ भनेर चिनिनेछ। ट्रम्प प्रशासनले शनिबार यसलाई अनुमोदन गरेको छ। ट्रम्प प्रशासनको आन्तरिक विभागले भन्यो कि अब आधिकारिक रूपमा मेक्सिकोको खाडीको नाम परिवर्तन गरी ‘गल्फ अफ अमेरिका’ रहने भएको छ ।

 

यसैबीच, अलास्काको माउन्ट डेनालीको नाम पनि परिवर्तन गरे ‘माउन्ट म्याककिन्ले’ राखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पदभार ग्रहण गर्ने बित्तिकै कार्यकारी कदम चालिरहेका छन् र नाम परिवर्तन गर्न आदेशमा अहिले धमाधम लालमोहर लगाइरहेका छन ।

ट्रम्पको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको निर्देशनअनुसार अब मेक्सिकोको खाडीलाई आधिकारिक रूपमा ‘अमेरिकाको खाडी’ भनेर चिनिनेछ । उत्तर अमेरिकाको सबैभन्दा अग्लो चुचुरोलाई फेरि एकपटक ‘माउन्ट म्याकिन्ले’ नाम दिइनेछ। अलास्काको सर्वोच्च शिखरलाई अमेरिकाका पूर्व राष्ट्रपति विलियम म्याककिन्लेको सम्मानमा माउन्ट म्याककिन्ले भनिएको थियो, तर राज्यको अनुरोधमा १९७५ मा नाम परिवर्तन गरी डेनाली राखिएको थियो। यसको अर्थ स्वदेशी भाषा ‘कोयुकोन’ मा ‘लामो’ हो ।

 

साथै, यो पनि भनिएको छ कि ट्रम्पले अमेरिकी भूगर्भ सर्वेक्षणलाई मेक्सिकोको खाडीको नाम परिवर्तन गर्न थप आदेश दिन सक्छन्, ताकि यसलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता मिलोस्। यो सयौं वर्षको लागि समुद्री नेभिगेसन सन्दर्भको रूपमा प्रयोग गरिदै आइएको स्थल हो ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖