• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकामा विमान दुर्घटना : नदीमा खोजी तथा उद्धार जारी


  • धनकुटा खबर
  • .

अमेरिकामा एक यात्रुवाहक विमान दुर्घटनामा परेको छ। राजधानी वाशिङ्टन नजिकको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा एक यात्रुवाहक विमान अवतरण गर्दै गर्दा हेलिकप्टरसँग ठोक्किएको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन्।

वाशिङ्टन, डीसी प्रहरीले एक्समा जहाज दुर्घटनापछि पोटोम्याक नदीमा खोजी तथा उद्धार कार्य चलिरहेको जानकारी दिएको छ।दुर्घटनामा हालसम्म कुनै मृत्यु वा घाइतेको जानकारी आएको छैन, तर विमानस्थलबाट उडान र अवतरण सबै रोकिएको छ। स्थानीय समयानुसार बुधबार राति विमान दुर्घटनाग्रस्त भएको हो।

घटनास्थल पोटोम्याक नदीमाथि उडिरहेका धेरै हेलिकप्टरहरू, जसमा अमेरिकी पार्क प्रहरी, डिसी महानगरीय प्रहरी विभाग र अमेरिकी सेनाका हेलिकप्टरहरू देख्न सकिन्छ। अन्य कुनै जानकारी आउन सकेको छैन। सिएनएनका अनुसार विमान विचिटा, कन्सासबाट आएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖