• Monday 5th of October 2026

शुभांशु शुक्ला अन्तरिक्षमा जाने दोस्रो भारतीय हुदैँ


  • धनकुटा खबर
  • .

नयाँदिल्ली, २१ माघ । भारतीय वायुसेनाका अधिकृत शुभांशु शुक्ला नासाको एक्सियोम ४ मिसनका लागि पाइलटका रूपमा छनोट भएका छन् । उनी चाँडै नै स्पेस एक्स ड्र्यागन अन्तरिक्ष यानसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जादैँछन्। र, यसका साथै शुभांशु अन्तरिक्षमा प्रवेश गर्ने दोस्रो भारतीय हुनेछन्।

 

उनीभन्दा अगाडि विङ कमाण्डर राकेश शर्मा सन् १९८४ अप्रिलमा अन्तरिक्ष पुगेका थिए । शुभांशु शुक्ला भारतीय वायुसेना अधिकारी हुन्। उनको मिसन १४ दिनसम्म रहनेछ । यस मिशनको उद्देश्य अनुसन्धान गर्नु हो। पेग्गी ह्वाइटसन यस मिसनको कमान्ड हुनेछन्। 

 

शुभांशु शुक्ला एक्सियम मिसन ४ को पाइलट हुनेछन् । शुभांशु शुक्ला इसरोको मिसन गगनयानका लागि तालिम लिइरहेका छन् । एक्जिमले भने, ‘नेशनल एरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट एक्स–४ मा सन् २०२५ भन्दा पहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा जानेछन।’

 

शुभांशु शुक्लाले पनि भने, ‘म यो मिसनबाट निकै उत्साहित छु । आशा छ, मैले पाएको तालिमले यो मिसनलाई राम्ररी पूरा गर्न सक्छु।’

 

भारतीय वायुसेनामा सेवारत समूह क्याप्टेन शुभांशु शुक्लालाई पनि इशोरोले भारतको गगनयान मिशनको लागि अन्तरिक्ष यात्रीको रूपमा चयन गरिसकेको छ। इशोरोले ले नै उनलाई एक्स–४ मिशनको लागि नासा पठाएको हो। समूह क्याप्टेन शुभांशु शुक्लाले एनडीटीभीलाई बताए कि उनी माइक्रोग्रेभिटीमा गएर अन्तरिक्ष उडानको अनुभव गर्न निकै उत्साहित छन । मिसनको गति हरेक महिना बढ्दै छ। उनीहरूलाई लाग्छ कि यो फेज हो, जहाँ सबै कुरा मिलिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖