• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अस्ट्रेलियामा बाढीले थप वितण्डा मच्चाउने चेतावनी


  • धनकुटा खबर
  • .

क्विन्सल्यान्ड । कीर्तिमानी वर्षाका कारण उत्तरपूर्वी अस्ट्रेलियामा विनाशकारी बाढी आएको छ । सोमबार लगातार तेस्रो दिन पनि बाढीले वितण्डा मच्चाइरहँदा अधिकारीहरूले थप क्षतिको चेतावनी दिइरहेका छन् ।

आइतबार बाढीमा डुबेर एक महिलाको मृत्यु भएको थियो भने न्यून तटीय क्षेत्रमा बसोबास गर्ने हजारौँलाई सुरक्षित स्थलतर्फ जान भनिएको थियो । केही दिनमै उत्तरी क्विन्सल्यान्डमा गर्मीयामभरि पर्ने पानी परेको थियो ।

यसका कारण केरिन्सतर्फको क्विन्सल्यान्ड तटदेखि म्याककेसम्मको क्षेत्रमा बाढीले विध्वंस मच्चाएको थियो । बाढीका कारण भएको क्षति हेर्न गाह्रो भएको क्विन्सल्यान्डका प्रमुख डेभिड क्रिसाफुलीले सोमबार इन्ष्टाग्राममा भनेका थिए ।

मुसलधारे वर्षा र बाढीका कारण घर, व्यवसाय र खेतीयोग्य जमिन सबै डुबानमा परेको बताइएको छ । तटीय क्षेत्रको ठुलो हिस्सामा अस्ट्रेलियाको मौसम विभागले चरम मौसमी चेतावनी कायमै राखेको छ । गएको हप्ता केही क्षेत्रमा एक मिटरसम्मको वर्षात भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖