काठमाडौँ । भारतको उत्तर प्रदेशमा फाइबर केबल चुँडिदा इन्टरनेटमा समस्या आएको नेपाल टेलिकमले औपचारिक रूपमा जानकारी दिएको छ ।
टेलिकमले सोमबार एक सूचनामार्फत आपूर्तिकर्ताहरू मध्ये भारतको ‘भारती एयरटेल लिमिटेड’को उत्तर प्रदेशस्थित फरेन्दा र कोल्हुइ बजार क्षेत्रका दुई स्थानमा फाइबर केबल चुँडिन गई नेटवर्कमा समस्या उत्पन्न भएको जनाएको हो ।
सोही कारणले गर्दा माघ २० गते राति ९ः०७ देखि १०ः३० सम्म टेलिकमको इन्टरनेट सेवामा आंशिक समस्या उत्पन्न हुन गएको सूचनामा उल्लेख छ ।
टेलिकमले ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ । सोही कारणले टेलिकमबाहेक अन्य कम्पनीका इन्टरनेटमा समेत समस्या देखिएको थियो ।
