धनगढी, फागुन १। कैलालीमा एकैपटक ६ ट्याबलेट पेन किलर खादा किशोरी बेहोस् भएकी छन्।
कैलालीको गोदावरी नगरपालिका-६ लालपुर बस्ने आशिष आउजीको १४ वर्षीया छोरी आस्थाले दुस्खाइको ओभर डोज औषधी सेवन गरेकी हुन्।
बेहोस् अवस्थाकि आस्थाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। हाल उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
