• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

डान्सबारभित्र ‘महिला नाचेको’ भिडियो खिचेको भन्दै कुटाकुट, एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाण्डौँ । नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्स बारमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

बर्दघाट नगरपालिका–१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबीच भएको कुटाकुटबाट एक जनाको मृत्यु भएको हो ।

घटना गत माघ २८ गते मध्यराति भएको भए पनि घटनामा घाइते प्रतापुर गाउँपालिका–९ खैरेनीका वर्ष ४५ का सन्तबहादुर चौधरीको उपचारको क्रममा ३० साँझ साढे ४ चौरहा अस्पताल बुटवल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जनाकारी दिए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर–१ बस्ने अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ। डान्सबारभित्र भिडियो खिचेको निहुँमा झगडा भएको बताइएको छ।

घटनामा मिन्टु र सरोजकुमार चौधरी पनि घाइते भएका थिए । पक्राउ परेका प्रतिवादीहरुविरुद्ध जिल्ला अदालत नवलपरासीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भइ थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖