• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंको रानीपोखरीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको रानीपोखरीमा एक पुरुषको शव फेला परेको छ।

उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाका अनुसार रानीपोखरीमा एक पुरुषको शव भेटिएको हो। मृतकको पहिचान खुल्न सकेको छैन।

थपलियाका अनुसार शव भेटिएका पुरुषको उमेर करिब ३५ देखि ४० वर्षको देखिन्छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖