• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सोल्टी होटलमा छापा, साहुनी पुजासहित ९ जुवाडे च्याप्पै


  • धनकुटा खबर
  • .

धनगढी: कैलालीको धनगढीमा रहेको सोल्टी होटलमा प्रहरीले छापा हानेको छ। होटलबाट झन्डै दुई लाख नगदसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–४ मा रहेको उक्त होटलमा जुवातास भइरहेको विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालयको टोलीले बिहीबार राति साढे ११ बजे छापा हानेको थियो।

सो क्रममा होटल सञ्चालक डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थायी घर भएकी २८ वर्षीया पुजा खड्कासहितका जुवातास खेलिरहेका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए।

उनकाअनुसार पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–३ की २५ वर्षीया हिमा धामी, पुर्चाैडी नगरपालिका–८ बस्ने ५५ वर्षीय कालुसिंह धामी, पाटन नगरपालिका–४ बस्ने ४१ वर्षीय सुरेन्द्र ऐर, डडेल्धुराको आलीताल गाउँपालिका–७ का ४० वर्षीय गणेश थापा, अजयमेरू गाउँपालिका–३ बस्ने ३७ वर्षीय ईश्वर पाण्डे, बझाङको थलारा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर भण्डारी, दुर्गाथली गाउँपालिका–८ का ४३ वर्षीय सुरज दौल्याल र कैलालीको गौरीगंगा–९ बस्ने ४१ वर्षीय लक्ष्मण खड्का रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले नगद एक लाख ९७ हजार ६७२ रुपैयाँ र दुई गड्डी तास बरामद गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖