• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

विद्यार्थी बोकेको बस दुर्घटना


  • धनकुटा खबर
  • .

धनगढी । बाजुराका विद्यार्थी बोकेको बस सुर्खेत दुर्घटना भएको छ।

नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बरको बस आइतबार बेलुका कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको हो।

बस बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिडेको थियो। बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ। 

दुई विद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा बाजुराको बुढिगङ्गा नगरपालिका–६ का १८ वर्षीय हेमराज जैसी र सुनिलराज उपाध्याय रहेका छन्। उनीहरूलाइ उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ।

अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖