• Sunday 1st of November 2026

कारबाही गर्न नपर्ने आधार पेश गर्न ओलीलाई ७ दिनको म्याद दिँदै सर्वोच्चले खोज्यो गिरीबन्धुको सक्कल मिसिल


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ फागुन । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले रिट निवेदकको मागबमोजिम कारबाही गर्नु नपर्ने कारण भए ७ दिनभित्र पेश गर्न भनेको हो ।

सर्वोच्चको संवैधानिक इजलासले गिरीबन्धु टी स्टेट जग्गा प्रकरणमा लिएको फैसलाको विरुद्धमा गएर प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी अध्यादेश ल्याएको रिट निवेदकको जिकिर छ । रिट निवेदकले अदालतको अवहेलना हुने प्रकृतिको काम गर्ने प्रधानमन्त्री ओलीलाई पदमुक्त गराउन समेत माग गरेका थिए ।

आइतबार (हिजो) सर्वोच्चका न्यायाधीशद्वय सारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले सो मुद्दामा सुनुवाइ गर्दै सात दिनभित्र जवाफ पेश आदेश दिएको हो ।

लिखित जवाफ प्राप्त भए वा अवधि नाघेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासबाट २०८० माघ २४ गते आदेश भएको मुद्दा नं. ०७८–डब्लूसी– ०००४ को उत्प्रेषण मुद्दाको सक्कल मिसिल (गिरीबन्धु टी स्टेट प्रकरण) साथै राखी पेश गर्न आदेश दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖