• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

साउदी वार्तापछि रुसी विदेशमन्त्रीले भने-युक्रेनमा नेटो सेना स्वीकार्दैनौं


  • धनकुटा खबर
  • .

एजेन्सी । रुसी विदेशमन्त्री सेर्गेइ ल्यावरोवले आफुहरु कुनै पनि शान्ति सम्झौताका लागि युक्रेनमा नेटो देशका शान्ति सेना स्वीकार नगर्ने बताएका छन् । साउदी अरेबियामा अमेरिकासँगको उच्चस्तरीय वार्तापछि विदेशमन्त्री ल्यावरोवले यस्तो बताएका हुन् ।

उनले भने, ‘कुनै अन्य झण्डामुनि सशस्त्र बलको उपस्थितिले केही बदल्दैन । जुन पूर्णं रुपमा अस्वीकार्य छ ।’ रुस र अमेरिका युक्रेन युद्ध समाप्त गर्ने सम्बन्धमा वार्ता टोली नियुक्त गर्न भने सहमत भएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुपियोले बैठकपछि भने, ‘आज एक लामो एवं कठिन यात्राको पहिलो कदम चालिएको छ । तर, यो महत्वपूर्ण छ ।’ साउदी वार्तामा युक्रेनलाई भने आमन्त्रण गरिएको थिएन । जसलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले ‘आश्चर्य’ भनी प्रतिक्रिया दिएका छन् ।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युक्रेनको प्रतिक्रिया निराशाजनक रहेको बताएका छन् । साउदी बैठकपछि ट्रम्पले आफु निकै आश्वस्थ रहेको, भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖