• Sunday 1st of November 2026

प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह: अरूले भिखारी भनिसके, नेपाली भएर बाच्न दिनुस्


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले नेपाली भएर बाच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अन्यले नेपालीलाई भिखारी भनिसकेको र नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका हुन्।

उनले लेखेका छन्, प्यारो प्रधानमन्त्री ज्यु ,अमेरिकाले corrupt भनिसक्यो ,इन्डियाले भिखारी भनिसक्यो , चिनले मान्छे गन्दैन ,मलाई मेयर हो भनेर बिर्सिनुस् , नेपाली भएर बाच्ने आधार त दिनुस् ??’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फ्रड’ भन्दै नेपाललाई दिने गरेको अनुदान रकम कटौती गरेका छन्। अनुदान रकम कटौती गरेको प्रसंगमा अहिले नेपालमा विभिन्न टिका टिप्पणीहरु भइरहेको छ।

गत मंगलबार अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले नेपाललाई वित्तीय संघीयताका लागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि दिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिब ५ अर्ब ४३ करोड रुपैयाँ) रोकिएको जानकारी दिएका थिए । त्यो ‘फ्रड’ भएकाले रकम रोक्नु परेको अभिव्यक्ति ट्रम्पले दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖