• Sunday 1st of November 2026

पेन्सन बुझ्ने कर्मचारी ६ महिनामा अनिवार्य बैंकमा उपस्थित हुनुपर्ने प्रावधान हटाइँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । निवृत्तिभरण (पेन्सन) सुविधा लिइरहेका कर्मचारीले पेन्सन निरन्तरता दिन हरेक ६ महिनामा अनिवार्य बैंकमा सशरीर उपस्थित हुनुपर्ने प्रावधान हटाइने भएको छ ।

५ फागुनमा बसेको सचिव बैठकले अनिवार्य रहेको यस्तो प्रावधान हटाइ आफ्नो उपस्थिति विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अर्थ मन्त्रालय र महालेखा परीक्षकको कार्यालयले यस्तो व्यवस्था गर्नुपर्ने गरी सचिव बैठकबाट निर्णय भएको हो ।

यस्तो काम एक महिनाभित्र गरिसक्न समेत समयसीमा दिइएको छ । अहिले ६/६ महिनामा सशरीर उपस्थित हुनुपर्ने प्रावधानले कठिनाइ भइरहेको र यसको पुनरावलोकन गर्न अनुरोध आएका कारण यस्तो निर्णय गर्नुपरेको कार्यालयको भनाइ छ । यसबाट लाखौं सेवाग्राही लाभान्वित हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖