• Sunday 1st of November 2026

बुढानीलकण्ठमा ११ भाइको भेलापछि शेखर पक्षको पनि बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षीय नेताहरूको बैठक अहिले बसिरहेको छ । विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसिरहेको बैठकमा उनी पक्षीय नेताहरू सहभागी छन् ।

बैठकमा डा.कोइराला, डा.मिनेन्द्र रिजाल, सहमहामन्त्री जीवन परियार, सरिता प्रसाईं, सञ्जय गौतमसहितका नेताहरू सहभागी छन् । बैठकमा पार्टी महाधिवेशन र समसामयिक राजीनितिक विषयमा कुराकानी भइरहेको जनाइएको छ ।

केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा देउवा पक्षका नेताहरुको बैठक बसेको थियो । सो बैठकमा देउवा पक्षाका ११ जना नेताहरुको सहभागिता रहेको थियो ।

सो बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे पनि छलफल भएको थियो । बैठकमा सभापति देउवाले महाधिवेशन गर्ने दायित्व आफ्नो भएकाले समयमा गर्नका लागि वातावरण निर्माण गर्न तयार रहेको बताएका थिए । कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल २०८२ मंसिरमा सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖