• Sunday 1st of November 2026

फुङलिङ तनावग्रस्त: आन्दोलनकारीद्वारा प्रहरी र सर्वसाधारणका घरमा बलिरहेको राँको प्रहार


  • धनकुटा खबर
  • .

ताप्लेजुङको फुङलिङ बजार तनावग्रस्त बनेको छ। ‘नो केवलकार’ अभियानका समर्थकहरूले मलास जुलुससहित प्रदर्शन गर्दै नाराबाजी गरेका बेला सुरक्षाकर्मीले बलिरहेको राँको नियन्त्रणमा लिन खोज्दा झडप भएको हो।

शनिबार वीरेन्द्रचोकमा पुगेका आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू र सुरक्षाकर्मीबीच धक्कामुक्की भएको थियो। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शनकारीहरूले प्रहरीमाथि बलिरहेको राँको र लाठी प्रहार गर्नुका साथै सर्वसाधारणका घरमा समेत राँको फ्याँक्ने अमानवीय व्यवहार गरेका छन्।

झडपका क्रममा केही व्यक्ति घाइते भएका छन् भने आगलागी भने हुनबाट जोगिएको स्थानीय प्रशासनले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले घाइतेको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्।

हाल स्थितिलाई नियन्त्रणमा ल्याइसकिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।-खगेन्द्र अधिकारी/नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖