• Sunday 1st of November 2026

०८३ असार र ०८४ मंसिरमा दुईपटक सरकार ढल्छ : एमाले नेता ढकाल


  • धनकुटा खबर
  • .

धरान । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले वर्तमान सरकार दुईपटक ढल्ने जिकिर गरेका छन् ।

सरकार ढल्यो भन्दै अफवाह फैलाउनेहरुलाई इंगित गदउनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा गर्ने बेलामा दुईपटक सरकार ढल्ने बताएका हुन् ।

धरानमा जारी विजिनेस एक्स्पोको शनिबार समापन गर्दै उनले २०८३ असार र ०८४ मंसिरमा दुईपटक अहिलेको गठबन्धन नेतृत्वको सरका ढल्ने बताएका हुन् ।

दुई प्रमुख दलहरू एमाले कांग्रेसलाई खेलेर सत्तामा रमाउने माओवादी दोहोरो चरित्रको अन्त्यका लागि एमाले कांग्रेस गठबन्धन बनेको उनले बताए ।

‘एमालेलाई धोखा दिएर फुत्त कांग्रेससँग टाँसिने र कांग्रेससँग अघाएपछि फेरि एमालेको काँधमा चढ्ने माओवादी प्रवृतिको उपज यो गठबन्धनको सरकार छ,’ उनले भने ।

२०८४ को निर्वाचनमा एमाले कांग्रेस प्रतिद्धन्द्धी हो भन्ने दुवै पार्टीहरूलाई थाहा भएको पनि उनले बताए ।

‘हामी सिंगल–सिंगल प्रतिस्पर्धा गर्छौं,’ ढकालले भने, ‘एमालेले जिते कांग्रेस प्रतिपक्षमा बस्छ, काँग्रेसले जिते एमाले प्रतिपक्षमा बस्छ ।’

तर यो गठबन्धनलाई सत्तोसरोप गर्ने, आजै ढलिहाल्यो, भोली ढल्छ भनेर भ्रम फैलाउनुको कुनै तुक नरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖