• Tuesday 6th of October 2026

३० करोडमा कुमारीत्व बेचेकी २२ वर्षीया लौराले सम्झाइन्: हलिउड स्टारसँगको त्यो रात!


  • धनकुटा खबर
  • .

बेलायतको म्यानचेस्टरकी २२ वर्षीया विद्यार्थी लौराले आफ्नो कुमारीत्व ३०.५९ करोड नेपाली रुपैयाँ (१७ लाख पाउन्ड) मा बेचेर विश्वभर तहल्का मच्चाएकी छिन्। यो खबरले सामाजिक सञ्जालमा चर्चा पाएको छ। जर्मनीको कुख्यात ‘सिन्डरेला एस्कर्ट्स’ एजेन्सीमार्फत भएको यो लिलामीमा विश्वका धनाढ्य व्यापारी, राजनीतिज्ञ र सेलिब्रेटीहरूले बोली लगाएका थिए, तर हलिउडका एक रहस्यमयी अभिनेताले ३०.५९ करोडको बोली लगाएर डिल जितेका हुन्।

लौराले यो कदमबारे मिडियासँग ठाडो जवाफ दिइन्, ‘मलाई एक रत्ती पछुतो छैन। अरू केटीहरूले आफ्नो कुमारीत्व त्यसै खेर फाल्छन्, तर मैले यसबाट करोडौँ कमाएँ। यो मेरो शरीर हो, मेरो सम्पत्ति हो!’

लौराले ‘सिन्डरेला एस्कर्ट्स’ मार्फत यो नाटकीय लिलामी सुरु गरेकी थिइन्। बोली लगाउनेहरूमा विश्वका ठूला खेलाडीहरू थिए, तर हलिउडको एक स्टारले १७ लाख पाउन्डको बोली लगाएर बाजी मारे। लन्डनको एक फाइभ(स्टार होटलमा भएको यो रातलाई लौराले ‘करोडौँको सुनौलो टिकट’ भनेकी छिन्।

लौराले यो ३०.५९ करोड रुपैयाँले आफ्नो जीवनलाई राजसी बनाउने सपना बोकेकी छिन्। ‘म अब धनी पुरुषहरूको सुगर बेबी बन्नेछु। यो पैसाले म विश्व घुम्छु र मेरो हरेक इच्छा पूरा गर्छु,’ उनले हाँस्दै भनिन्। धार्मिक परिवारबाट आएकी लौराले यो कदमलाई जीवनको सबैभन्दा ठूलो व्यापार भनेकी छिन्।

यो खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ। कोही भन्दैछन्, ‘यो नारी शक्तिको नयाँ परिभाषा हो!’ कोही रिसाएर भन्दैछन्, ‘यो नैतिकताको अन्त्य हो!’ लौरा भने हाँसेर जवाफ दिइन्, ‘१७ लाख पाउन्ड मेरो खातामा छ, मलाई कसको के मतलब?’ एजेन्सी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖