• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ग्रीनकार्डधारीबारे अमेरिकी उपराष्ट्रपतिको बयान : सरकारले उनीहरूलाई देशबाट निकाला गर्न सक्छ


  • धनकुटा खबर
  • .

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ग्रीनकार्डधारीहरूको बारेमा बयान दिँदै उनीहरूलाई सधैंभरि अमेरिकामा बस्ने अधिकार नभएको बताएका छन्। एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा भान्सले भनेका छन्, ‘ग्रीन कार्ड हुनुको अर्थ कुनै व्यक्तिलाई अमेरिकामा सधैंभरि बस्ने अधिकार मिल्छ भन्ने होइन।’

उनले सरकारलाई ग्रीनकार्डधारीहरूलाई निष्कासन गर्ने अधिकार रहेको समेत बताए।

ग्रीन कार्डलाई कानुनी रूपमा स्थायी बासिन्दा कार्ड भनेर चिनिन्छ। यसले संयुक्त राज्य अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्ने अधिकार प्रदान गर्दछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक भिसा कार्यक्रमको प्रचार गरिरहेका बेला भान्सको यो टिप्पणी आएको हो। यस कार्यक्रम अन्तर्गत विदेशी नागरिकहरूले ५० लाख डलर तिरेर अमेरिकी नागरिकता प्राप्त गर्न सक्छन्। ट्रम्पले यसलाई अमेरिकी नागरिकताको बाटोको रूपमा वर्णन गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖