• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पको विरोध गरेको भन्दै अमेरिकाले निकाल्यो दक्षिण अफ्रिकाका राजदूतलाई


  • धनकुटा खबर
  • .

अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसुललाई निस्कासन गरको छ।

अमेरिकाका विदेशमन्त्री मार्को रूबिओले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसुललाई अब अमेरिकामा स्वागत गर्न नपर्ने भनेर एक्समा लेखेका छन्।

क्यानडामा जी-७ राष्ट्रहरुको विदेश मन्त्रीहरूबीचको बैठक सकेर अमेरिका फर्किएका रूबिओले राजदूत रसुललाई अमेरिका प्रवेशमा रोक लगाइएको बताएका हुन्।

विदेशमन्त्री रूबिओले रसुलले जातीय राजनीति गरेको र अमेरिकी राष्ट्रपति ट्रम्पको कट्टर विरोधी भएका कारण उनलाई अमेरिकामा स्वागत गर्न नसकिने भनेर एक्समा लेखेका छन्।

‘दक्षिण अफ्रिकी राजदूत रसुललाई हाम्रो महान देश अमेरिकामा स्वागत छैन। उनी एक जातीवादी हुन् जो अमेरिका र अमेरिकाका राष्ट्रपतिलाई घृणा गर्छन्,’ रूबिओले एक्समा लेखेका छन्।

राजदूतसँग रसुल अयोग्य भएका कारण उनीसँग कुरा गर्नका लागि विषय पनि नरहेको उनले बताएका छन्।

राजदूत रसुललाई अमेरिकाले निस्कासन गरेको हो वा होइन भनेर ह्वाइट हाउसले केही नखुलाएको अन्तर्राष्ट्रिय समाचार संस्था एशोसियटेड प्रेसले लेखेको छ।

दक्षिण अफ्रिका र अमेरिकाबीच बढ्दो तनावका बीच रूबिओको भनाइले थप मलजल गरेको छ।

यसअघि गत फेब्रुअरीमा ट्रम्पले अफ्रिकालाई अमेरिकी सहायता रोक लगाएका थिए।

त्यसपछि अफ्रिकाकै कानुनलाई लिएर उनले मजाक उडाएका थिए। त्यहाँको कानुनले श्वेत किसानहरूको जमिन जफत हुन सक्ने भनेका थिए। त्यसो भए श्वेत किसानहरूलाई स्वागत गर्न अमेरिका तयार भएको अभिव्यक्ति ट्रम्पले दिएका थिए भनेर बिबिसीले लेखेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖