• Saturday 31st of October 2026

कुलमान घिसिङका लागि सर्वोच्च अदालतबाट आयो खुशीको खबर


  • धनकुटा खबर
  • .

काठमाडौं – कुलमान घिसिङका लागि सर्वोच्च अदालतबाट खुशीको खबर प्राप्त भएको छ । अदालतले डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुल विवादमा टाइम्स अफ डे मिटरिङ (टीओडी) मिटर अध्ययनका लागि गठन भएको अरविन्द कुमार मिश्र नेतृत्वको कार्यदललाई तत्काललाई काम गर्न रोक लगाउने गरि अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मिश्र नेतृत्वको कार्यदललाई तत्काललाई काम रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

गत मंसिर १३ गते अधिवक्ता खडानन्द कँडेल सहितले उर्जा जलस्रोत तथा संचाई मन्त्रालय, मन्त्री दीपक खड्का, मन्त्रीस्तरीय निर्णयबाट मंसिर २ गते गठित टीओडी मिटर छानबिन कार्यदलका संयोजक प्राडा। अरविन्द कुमार मिश्र, सदस्य चार्टर्ड एकान्टेन्ट सुजन कुमार काफ्ले र श्रीरामराज पाण्डेविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि इजलासले आज अन्तरिम आदेश जारी गरेको हो । ‘ऊर्जा मन्त्रालयले गठन गरेको टीओडी मिटर जाँच समितिलाई काम गर्न रोक लगाउन माग गरेका थियौं,’ कँडेलले भने, ‘माग अनुसार अदालतले अन्तरिम जारी गरेको छ ।’ विवादित विषयमा संसदीय समितिहरुमा समेत छलफल भइरहेको समयमा यसरी छुट्टै समिति गठन गर्नु कानुनसम्म नभएकोले खारेजीको माग रिटमा गरिएको छ ।

प्राधिकरण र उद्योगीबीच विवाद उत्कर्षमा पुगेपछि मन्त्री खड्काले कार्यदल गठन गरेका थिए । कार्यदललाई प्राधिकरणले काटेको बिल टीओडी मिटरअनुसार भएरनभएको र गणना गरेको मिलेरनमिलेको जाँच गर्ने अधिकार दिइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖