एमालेको सचिवालय बैठक सोमबार दिउँसो १ बजे बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरूलाई ब्रिफिङ गर्न लागेका हुन्।
‘सोमबार दिउँसो १ बजे सचिवालय बैठक बस्दैछ। बैठकमा समसामियक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ,’ एमालेका एक नेताले नेपालखबरसँग भने, ‘खासगरी अध्यक्षज्यूले राजावादीहरूको सक्रिया र अहिलेको राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ।’
ती नेताका अनुसार समसामियक राजनीतिक परिस्थितको विषयमा विश्लेषणसहित छलफल हुनेछ।
ओलीले आगामी रणनीति के हुने भन्नेबारे नेताहरूसँग छलफल गर्न बैठक बोलाएको बताइएको छ।
