• Saturday 31st of October 2026

राष्ट्रिय सहमतिको सरकारका निम्ति प्रचण्डको प्रस्ताव, देउवासँग फोनमा के भयो कुराकानी?


  • धनकुटा खबर
  • .

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव अगाडि सारेका छन्।

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरी प्रचण्डले यस्तो प्रस्ताव अगाडि सारेका हुन्।

देउवाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गर्दै प्रचण्डले गणतन्त्रवादी दल मात्र यसमा समावेश हुन सक्ने पनि बताएको उच्च स्रोतको दाबी छ।

सकभर एमालेलाई पनि सरकारमा सहभागी नगराउने तर गणतन्त्रविरोधी शक्ति हावी भए सरिक गराएरै लैजान सकिनेगरी प्रचण्डको प्रस्ताव अगाडि आएको हो।

ज्ञानेन्द्र शाहका समर्थक र राजसंस्थावादी हावी हुन लागेको भनी गणतन्त्रवादी शक्ति एक हुनुपर्ने भन्दै प्रचण्डको यस्ता प्रस्ताव अगाडि आएको बताइन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖