• Sunday 4th of October 2026

अब बिवाइडी ५ मिनेटमा चार्ज हुने, ४ सय किमी कुदाउन सकिने


  • धनकुटा खबर
  • .

बेइजिङ, ६ चैत ।चिनियाँ विद्युतीय कार निर्माण कम्पनी बिवाइडीले नयाँ चार्जिङ सिस्टम ल्याएको छ । 

 

यो चार्जिङ सिस्टमबाट अब विद्युतीय कारमा पेट्रोल भरे झै छिटो चार्ज गर्न सकिने कम्पनीले नयाँ दाबी गरेको छ । कम्पनीले पहिलो पटक चीनभर चार्जिङ नेटवर्क बनाउने घोषणासमेत गरेको छ ।

 

द गार्डियनको रिपोर्टका अनुसार  ‘सुपर ई–प्लेटफर्म’ नामक यो प्रणाली १ हजार किलोवाटको चार्जिङ गतिमा चार्ज गर्न सक्षम हुनेछ । यो प्रयोग गर्ने कारहरूले पाँच मिनेट चार्जमा ४०० किलोमिटरसम्म निर्धक्क यात्रा गर्न सक्ने छन्। कम्पनीका संस्थापक वाङ चुआनफुले मार्च १७ मा लाइभ स्ट्रिमिङ कार्यक्रममा यो दाबी गरेका हुन्।

 

यदि कम्पनीको प्रणालीले १ हजार किलोवाटको चार्जिङ गति प्रदान गर्दछ भने यो टेस्लाको सुपरचार्जर भन्दा दुई गुणा छिटो हुनेछ। टेस्लाको पछिल्लो संस्करणले ५०० किलोवाटसम्मको चार्जिङ गति दिन्छ। फास्ट चार्जिङ टेक्नोलोजीलाई विद्युतीय कारहरू थप लोकप्रिय हुने ठानिएको छ ।

 

द गार्डियनको रिपोर्टका अनुसार यो समाचारले पहिलेदेखि नै संघर्ष गरिरहेको टेस्लालाई थप समस्यामा पार्न सक्ने देखिएको छ। हाल टेस्ला मालिक एलन मस्कको स्टक गत मार्च १० मा मात्र १५ प्रतिशतले घटेको थियो ।

 

टेस्लाको बजार मूल्य डिसेम्बरमा १.५ ट्रिलियन डलरको कीर्तिमानी उच्च पुगेको थियो तर त्यसयता झण्डै आधाले घटेको छ। यसले बिवाइडी र अन्य चिनियाँ कम्पनीहरूद्वारा उत्पादित थप किफायती इभी मोडलहरूसँग बढ्दो प्रतिस्पर्धाको सामना पनि गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖