काठमाडौं। पछिल्ला दिनमा नेपालमा राजतन्त्र कि गणतन्त्रको बहस निकै चुलिएको छ।
विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेना गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशयसहित भ्रामक सूचना फैलिएको भन्दै सेनाले बुधबार विज्ञप्ति जारी गरेको छ।
सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्न संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सधैँ प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
