• Saturday 31st of October 2026

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयको आपत्ति, तत्काल रिहा गर्न निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालयमै पुगेर प्रहरीले पत्रकारहरूलाई पक्राउ गरेको घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आपत्ति जनाएको छ।

सरकारलाई समेत जानकारी नदिई सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको भन्दै प्रधानमन्त्री कार्यालयले असन्तुष्टि व्यक्त गरेको हो।

समाचारको स्रोत र लेखन प्रक्रियाबारे अनुसन्धान गर्ने नाममा प्रहरी अधिकारी दानबहादुर कार्कीको निर्देशन वा सक्रियतामा कार्यालयमै पुगेर गरिएको पक्राउप्रति प्रधानमन्त्री कार्यालयले चासो देखाएको बताइएको छ।

घटनापछि प्रधानमन्त्री कार्यालयले पक्राउ परेका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖