• Monday 5th of October 2026

नेपाली टेलिसिरियल ‘सक्किगोनी सिजन -३’ ९३ भागपछि प्रसारणमा नआउने


  • धनकुटा खबर
  • .

काठमाडौँ । बहुचर्चित टेलिसिरियल ‘सक्कीगोनी’को निर्माण स्थगित भएको छ ।

टेलिसिरियलका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले जनाएअनुसार ‘सक्कीगोनी’को तेस्रो सिजन स्थगित गरिएको हो ।

घिमिरेले जनाएअनुसार चौथो सिजनको तयारीका लागि तत्काल निर्माण काम स्थगित गरिएको हो । ‘सक्कीगोनी’को तेस्रो सिजनका ९३ श्रृंखला उत्पादन भएका थिए ।

उनले जनाएअनुसार चौथो सिजन केही फरक बनाउने तयारी भइरहेको छ । उनले चौथो सिजन कस्तो बनाउने भन्ने सुझाव पनि आम दर्शकसँग मागेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖