• Saturday 31st of October 2026

पूर्वराजा ज्ञानेन्द्र शाहका बारेमा बोल्दा होस पुर्‍याएर मात्रै बोल्न गणतन्त्रवादी दलहरूलाई ज्ञानेन्द्र शाहीको चेतावनी


  • धनकुटा खबर
  • .

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहका बारेमा बोल्दा होस पुर्‍याएर मात्रै बोल्न गणतन्त्रवादी दलहरूलाई चेतावनी दिएका छन् ।

प्रतिनिधि सभामा बोल्दै उनले भने – “फागुन २५ गते हामीले स्वागत गरेको कसैका विरुद्ध आन्दोलन होइन । स्वागत गर्दा त मुटु हल्लियो, कलेजो थर्कियो ।

धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईँहरूका विरुद्ध आन्दोलन गर्‍यो भने हालत के हुन्छ ? यो कुरा याद गरेर संसद्‌मा कुरा उठाइयोस् भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहका बारेमा बोल्दा होस पुर्‍याएर मात्रै बोल्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖