• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित


  • धनकुटा खबर
  • .

टोरोन्टो, ८ चैत । क्यानडाले चीनमा ४ क्यानेडियन नागरिकलाई मृत्युदण्ड दिएकोमा कडा निन्दा गरेको छ।

 

क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले यो फाँसी मानवताको आधारभूत अधिकारको विरुद्ध भएको बताएकी छन् । क्यानडाले चीनलाई यी मानिसहरूलाई माफ गर्न अपील गरेको थियो तर चीनले अस्विकार गरेको थियो ।

 

क्यानडाले सबै प्रकारको मृत्युदण्डको विरोध गरेको बताएको छ । क्यानडाले पीडित परिवारलाई सहयोग गरिरहेको छ । अर्कोतर्फ, चीनले फाँसीको बचाउ गर्दै यी व्यक्तिहरू लागूऔषध मुद्दामा दोषी रहेको बताएको छ। यो घटनाका कारण क्यानडा–चीन सम्बन्धमा तनाव उत्कर्षमा पुगेको छ । 

 

चीनले लागूऔषधका सम्बन्धमा आफ्नो नीति निकै कडा रहेको बताएको छ । चीनले यी व्यक्तिलाई कानुनअनुसार सजाय दिइएको पनि बताएको छ । चीनले क्यानडालाई आफ्नो कानून र न्याय प्रणालीको सम्मान गर्न र आधारहीन बयानहरू बन्द गर्न आग्रह गरेको छ।

 

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले लागु औषधसम्बन्धी अपराध विरुद्ध लड्नु सबै देशको साझा दायित्व भएको बताए । ‘क्यानडाले कानुनको शासनको सम्मान गर्नुपर्छ र चीनको न्यायिक सार्वभौमसत्तामा हस्तक्षेप गर्न बन्द गर्नुपर्छ।’

 

क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले ४ जना क्यानाडाली नागरिकको दोहोरो नागरिकता रहेको बताएकी छन् । क्यानाडाले यस्तै मामिलाहरू सामना गरिरहेका आफ्ना अन्य नागरिकहरूको लागि उदारता खोज्नेछ। 

 

तर, विज्ञहरूले यसको पछाडी अनेक खेलको औंल्याइ रहेका छन्। चीनले बारम्बार आफ्नो कुरा बुझाउन यस्ता रणनीति अपनाउने गर्ने गरेको जनाउँदै आएका छन् ।  उनीहरुले यो खेल २०१८ को जस्तो नहोस् भन्ने लाग्छ । सन् २०१८ देखि क्यानाडा–चीन सम्बन्धमा तनाव छ ।

 

त्यसपछि ट्रम्प प्रशासनको आग्रहमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई भ्यानकुभरमा हिरासतमा लिइएको थियो भने 
बदलामा चीनले तुरुन्तै २ क्यानाडाली नागरिकलाई पक्राउ गरेको थियो । त्यसपछि दुबै वार्ताको टेबलमा आए र पछि मेग र दुबै क्यानेडियन नागरिकलाई २०२१ मा रिहा गरियो।

 

यस महिनाको सुरुमा पनि चीनले क्यानाडाली कृषि र खाद्य उत्पादनहरूमा २.६ बिलियन भन्दा बढी ट्यारिफ घोषणा गर्यो। ओटावाले गत वर्ष चिनियाँ विद्युतीय सवारी साधान, स्टिल र आल्मुनियम उत्पादनमा लगाएको शुल्कको प्रतिक्रियामा यो कदम चालिएको हो। 

 

ओटावास्थित चिनियाँ दूतावासले एक विज्ञप्तिमा क्यानडाले गैरजिम्मेवार टिप्पणी गरिरहेको बताएको छ। दूतावासले मृत्युदण्ड दिइएको हो कि भनेर पुष्टि गरेन, तर चीनले लागुऔषध सम्बन्धी अपराधका लागि सधैं कठोर सजाय दिइरहेको छ र लागूऔषध समस्या प्रति शून्य सहनशीलताको दृष्टिकोण राख्ने गरेको भने स्पष्ट पारेको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖