• Sunday 1st of November 2026

रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी प्रकरण मुद्दाको आदेशविरुद्ध उच्च अदालत जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज बिहान ११ बजे पाटन उच्च अदालत जाने भएका छन् ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरण मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न लामिछाने आज पाटन उच्च अदालत जाने भएका हुन् ।

लामिछानेले कालीमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे भएको सुनुवाइमा आफ्नो सहमति नभएको बयान दिएका छन् । सो मुद्दामा माघ २ गते लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖