• Monday 5th of October 2026

नामबाट बुबाको थर हटाउँदै प्रतीकले भने, ‘मेरो बुबा मेरो जीवनमा कहिल्यै थिएनन्’


  • धनकुटा खबर
  • .

मुम्बई । प्रतीक बब्बर र उनका बुबा राज बब्बरबिच चलिरहेको विवादको खबर अहिले चर्चामा छ। प्रतीकले विवाहमा बुबा तथा अभिनेता राज बब्बरलाई निम्तो नदिएको हल्ला चलेको थियो। प्रतीकले १४ फेब्रुअरीमा प्रेमिका प्रिया बनर्जीसँग दोस्रो विवाह गरेका थिए।

प्रतीक बब्बर र प्रिया बनर्जीले हालै टाइम्स अफ इन्डियासँगको कुराकानीमा राज बब्बरलाई विवाहमा निम्तो नगरेको हल्लामाथि आफ्नो मौनता तोडे। उनले यस्ता हल्लाहरूले आफूलाई कुनै फरक नपार्ने बताए, किनभने उनी र पिता राज बब्बर बिच कुनै सम्बन्ध छैन।

अभिनेताले भने, ‘मेरो बुबा मेरो जीवनमा कहिल्यै थिएनन्। जब कसैले ३० वर्ष सोधेन भने आज किन प्रश्नहरू सोधिँदैछन्?’

यस क्रममा, आफ्ना बुबा राज बब्बरसँगको सम्बन्धको बारेमा कुरा गर्दै, अभिनेताले आफ्नो बुबासँगको सबै सम्बन्ध समाप्त गरिसकेको स्पष्ट पराे । उनले आफू आफ्नी आमा स्मिता पाटिलको नामले मात्र चिनिन चाहने जिकिर गरे।

प्रतीकले आफ्नो नामबाट आफ्नो बुबाको थर पनि हटाएका छन्। उनले आफ्नो नाममा आफ्नी आमाको नाम थपेका छन्। प्रतीकले आफ्नो नाम परिवर्तन गरेर ‘प्रतिक स्मिता पाटिल’ राखेका छन्।

प्रिया बनर्जी एक दक्षिण भारतीय अभिनेत्री हुन्। उनी ऐश्वर्या राय बच्चनको फिल्म जज्बामा पनि देखिएकी थिइन् । उनले ‘बेकाबु’, ‘राणा नायडू’ र ‘हेलो मिनी’ जस्ता श्रृंखलाहरूमा पनि काम गरिसकेकी छिन्।

प्रतीकले फिल्म निर्माता सान्या सागरसँग धेरै वर्ष डेट गरेपछि २०१९ मा विवाह गरे, तर मतभेदका कारण एक वर्ष पछि २०२० मा दुई अलग भए। जनवरी २०२३ मा यो जोडीले आधिकारिक रूपमा सम्बन्ध विच्छेद गरे। त्यसपछि, नोभेम्बर २०२३ मा, प्रतीकले प्रिया बनर्जीसँग इन्गेजमेन्ट गरे।

केही समयअघि प्रतीक बब्बर फिल्म ‘ख्वाबों का झमेला’ मा देखिएका थिए। यो फिल्मलाई दानिश असलमले निर्देशन गरेका हुन्। यसबाहेक, प्रतीक सलमान खानको आगामी फिल्म सिकंदरमा पनि देखिनेछन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖